बन्दीपुर केवलकारमा असोज १ देखि प्रवेश टिकट प्रणाली लागू


बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आफ्ना सेवालाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन असोज १ गते (सेप्टेम्बर १७, २०२५) देखि प्रवेश टिकट प्रणाली लागू गर्ने भएको छ।

कम्पनीका अनुसार अबदेखि केवलकार परिसरमा प्रवेश गर्ने सर्वसाधारण, शेयरधनी, पर्यटक तथा स्थानीय सबैले मुख्य प्रवेशद्वारमार्फत प्रवेश गर्दा प्रति व्यक्ति रु. ५० बराबरको टिकट लिनुपर्नेछ।

यो व्यवस्था कम्पनी र आगन्तुक दुवै पक्षको सुरक्षालाई ध्यानमा राखी लागू गरिएको बताइएको छ। साथै, टिकटको मूल्य बराबरको रकम केवलकार परिसरभित्र रहेका सेवा र सुविधाहरू—जस्तै ड्राइभ–इन रेस्टुरेन्ट, घुमाउने घर, बन्दीपुर हिल इटरी, सोभिनिर शप, किड्स जोन, स्काई साइकलिङ, र जिप लाइन—मा खरिद गर्दा नगदकै रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीले सबैलाई नयाँ प्रणालीको जानकारी गराउँदै सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x