विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २९.९ प्रतिशतको वृद्धि


वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह  २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेकाे थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४४,४६६ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २३,६४४ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६,९२८ र २२,६४७ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो ट्रान्सफर १ खर्ब ४८ अर्ब ८ करोड रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x