नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष सोही महिनामा मुद्रास्फीति दर ४.०९ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा नकारात्मक मुद्रास्फीति देखिएको छ। उक्त समूहको मुद्रास्फीति घटेर –२.२८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६.१७ प्रतिशत रहेको थियो।
त्यसै गरी, गैर-खाद्य तथा सेवा समूहमा मुद्रास्फीति ३.९५ प्रतिशत पुगेको छ । यो दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९४ प्रतिशत मुद्रास्फीतिको तुलनामा बढेको हो।
मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
