प्रभु बैङ्क र टिस्टुङ्ग रिसोर्ट बिच छुट सम्झौता

प्रभु बैङ्कका कर्मचारीहरू तथा ग्राहकहरूलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैङ्कका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणा द्वारा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार प्रभु बैङ्क लि.का कर्मचारीहरू तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

मकवानपुर जिल्ला बागमती प्रदेशको मुख्य केन्द्रबिन्दु तथा बागमती प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौँ उपत्यकाबाट दक्षिण पश्चिमको भाग सँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातिहरूको बसोबास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाइमा रहेको छ ।

इन्द्र सरोवर (कुलेखानी), वज्रवाराही मन्दिर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तव्य स्थल हुन भने कृषि पेसा अर्को यहाँको प्रमुख विशेषता हो । आलु, काउली, बन्दा, मुला, स्कूस, जस्ता यहाँका कृषि उत्पादन काठमाडौँ सम्म विक्री वितरण हुने गर्दछ ।

आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ शीतलता र आनन्द प्राप्तिको लागि आउने गर्दछन् । विशेष गरी गर्मी याममा गर्मी छल्नका लागि बढी पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ ।

चारैतिर जङ्गल अनि हरियाली बिचमा इन्द्र सरोबर (कुलेखानी) अनि अग्लो डाँडामा शिशिर बतास चल्दा यहाँ पुगे पछिको आनन्द नै बेग्लै हुने गर्दछ । अझ त्यहाँको मनमोहक दृश्य क्यामेरामा कैद गर्दाको क्षणको त व्याख्या जति गरे पनि कमी नै महसुस हुने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x