सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार श्रावण १७ गते, बिहीबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ४९ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात् बुधबार श्रावण १६ गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा किनबेच हुँदै छ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x