ज्योति विकास बैङ्कका ग्राहकहरूलाई “Jasmine Fitness Club & Spa” मा विशेष छुट

ज्योति विकास बैङ्क लिमिटेडले काठमाडौँस्थित "Jasmine Fitness Club & Spa" मा बैङ्कका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले उक्त क्लब र स्पामा २०% सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

हालै बैङ्कले ललितपुरस्थित "Medex Multispecialty Clinic & Diagnostic Center" मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैङ्कले काठमाडौँस्थित प्रख्यात "Tranquility Spa" का देशभरका १७ वटै आउट लेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैङ्कले Tistung Resort मा १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x