साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ५३.६३ अङ्कको गिरावट



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर २६९५ दशमलव ९३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ९१ अङ्कले घटेर ४८० दशमलव ८८ को विन्दुमा पुगेको छ ।

आज कूल ३३७ कम्पनीहरूका २ कराेड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर रु. १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव १७ अङ्कले बढेकाे छ । यता, बैङ्किङ उपसमूह ३६ दशमलव ५१ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १०० दशमलव ९८ अङ्कले, वित्त उपसमूह १२२ दशमलव ६७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २१३.३४ अङ्कले, जलविद्युत उपसमूह ८२.३२ अङ्कले, लगानी उपसमूह १.४८ अङ्कले, जीवन बिमा उपसमूह १९४.६८ अङ्कले, उत्पादन उपसमूह १३१.३९ अङ्कले, लघुवित्त उपसमूह ९६.०८ अङ्कले, निर्जीवन बिमा १६२.५१ अङ्कले, अन्य उपसमूह २२.०५ अङ्कले र ट्रेडिङ उपसमूह ७.२२ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x