नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । साे सम्बन्धमा २०८१/८/१३ मा महासङ्घ सचिवालय, टेकु, काठमाडौँमा भएको बैठकमा सहमति भएको हो ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताउनु भयो । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबिच सहकार्य र समन्वय हुनुपर्ने बताउनु भयो ।
बैठकमा JTUCC का अध्यक्ष योगेन्द्र कुँवरले गत मङ्सिरमा भएको समझदारी पत्र समीक्षा गर्नका साथै आगामी दिनहरूमा आउन सक्ने चुनौतीहरूको दुई पक्ष रूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जान पर्ने जरुरी रहेको बताउनु भयो ।
यस्तै GEFONT का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताउनु भयो । द्धिपक्षिय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई दुई पक्ष रुममा कार्यसमिति निर्माण गरी अगाडी बढ्न जरुरी रहेको कुरा बताउनु भयो ।
महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति ज्योत्स्ना श्रेष्ठले गत मङ्सिर मा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनु पर्ने विषयमा छलफल बैठक आयोजना हुन पर्ने कुरालाई जोड दिनु भयो । साथै, दुइपक्षिय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरू सरकारमा जानु भन्दा अगाडी दुई पक्षका बिच छलफल हुनका साथै अन्तर्राष्ट्रिय अभिसम्धीहरू पास गर्ने सम्बन्धमा द्विपक्षीय छलफल जरुरी रहेको विषयलाई जोड दिइएको थियो ।
महासङ्घ र ट्रेड युनियन बिच समस्या समाधान गर्न फोरम स्थापना
![](http://gyanmandu.com/news_images/20240904133652.jpeg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](http://gyanmandu.com/frontend/images/reactions/like.png)
0%
![](http://gyanmandu.com/frontend/images/reactions/clap.png)
0%
![](http://gyanmandu.com/frontend/images/reactions/support.png)
0%
![](http://gyanmandu.com/frontend/images/reactions/love.png)
0%
![](http://gyanmandu.com/frontend/images/reactions/curious.png)
0%
![](http://gyanmandu.com/frontend/images/reactions/insightful.png)