ग्लोबल आइएमई बैङ्कमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कमा नयाँ खाता खोल्दा नियमित सुविधाहरू सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत बैङ्कमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो शेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिस्ट्रेसन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।

सो सुविधा बैङ्कले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ ।

यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।

बैङ्कमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई सो योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि सो योजनामा सामेल हुन सकिनेछ ।

ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैङ्क हो । बैङ्कका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखारहित बैङ्किङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x