ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ११२.८५ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ९ कराेड २० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्त १ कराेड १८ लाख हजार रुपैयाँ घाटामा देखिन्छ ।
९८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्रामीण विकास लघुवित्तले १३ अर्ब २४ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, ग्रामीण विकास लघुवित्तले ६ अर्ब ३८ करोड रुपैयाँ सापटी लिएको छ ।
ग्रामीण विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २७.२२ प्रतिशतले घटेर २१ करोड ९८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ०७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ६५६ काे आधारमा मूल्य आम्दानी अनुपात १३६.६६ गुणा रहेको छ ।
ग्रामीण विकास लघुवित्तको खुद ब्याज आम्दानीमा २७.२२ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
