ज्योति विकास बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाडौँमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविर मार्फत ६५ जना भन्दा बढी महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको सो बैङ्कले जानकारी दिएको छ ।
पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैङ्कले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको बताएको छ । जन स्वास्थ्य सरोकार ट्रस्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौँ मोडेल हस्पिटल र कीर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको सोही बैङ्कले जनाएको छ ।
लप्सेफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैङ्कका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर वडा नं.०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारीहरू, कर्मचारीहरू, ग्राहकहरू तथा स्थानीयहरूको उपस्थिति रहेको सो बैङ्कले बताएको छ ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ज्योति विकास बैङ्कले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरू गर्दै आएको सोही बैङ्कले जानकारी दिएको छ ।
ज्योति विकास बैङ्कद्वारा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
