नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०७९/०८० असार महिनाको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको असार महिनामा निर्जीवन बीमा कम्पनीहरूले रु. ४ अर्ब ०१ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् भने सो अवधिको असार महिनासम्ममा मात्र रु. ४० अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाउँछ।
चालु आर्थिक वर्षको असार महिनामा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्सकाे प्रभुत्व :
कुल १४ वटा निर्जीवन बीमा कम्पनीहरू मध्य शिखर इन्स्योरेन्सले रु. ५५ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रु. ४९ करोड ३४ लाख, सिद्धार्थ प्रिमियरले रु. ४० करोड ९४ लाख, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ३६ करोड ७७ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रु. २९ करोड १६ लाख, सानिमा जिआईसी इन्स्याेरेन्सले २७ करोड ६२ लाख, युनाइटेड अजोड इन्स्याेरेन्सले रु. २७ करोड २२ लाख बीमा शुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
त्यस्तै, एनएलजी इन्स्याेरेन्सले रु. २५ करोड ७१ लाख, नेको इन्स्योरेन्सले रु. २५ करोड २९ लाख, प्रभु इन्स्योरेन्सले रु. २५ करोड १० लाख, दि. ओरिएन्टल इन्स्योरेन्सले रु. २५ करोड ०८ लाख, नेपाल इन्स्योरेन्सले रु. १७ करोड ५५ लाख, नेशनल इन्स्योरेन्सले रु. ११ करोड १३ लाख र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
असार महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ४ अर्ब अधिक, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
