नबिल बैङ्कले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । सो योजना अन्तर्गत बैङ्कले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।
सो योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखेको छ ।
नबिल बैङ्कका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भन्नुभयो, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ सो योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उहाँले थप्नुभयो ।
नबिलको सो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैङ्कका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।
सो योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ । सो घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नेछन् ।
नबिल बैङ्कले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
