प्रभु बैङ्कको नाफा ४८.५३ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.१६ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने ४० करोड ८७ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १० अर्ब २ करोड रुपैयाँ र सञ्चित मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा प्रभु बैङ्कले आफ्ना शेयरधनिहरूलाई ०.६९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी १२ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा र पछिल्लो कारोबार मूल्य रु १७७.९० को आधारमा मूल्य आम्दानी अनुपात १४.८२ गुणा रहेको छ ।
प्रभु बैङ्कको नाफामा वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
