प्रभु बैङ्क लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रा.लि.का निर्देशक सबिन मानन्धर र बैङ्कको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गर्नुभएको सो बैङ्कले जनाएको छ ।
सम्झौता अनुसार किसानहरूलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउन प्रभु बैङ्क लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच उक्त त्रिपक्षीय सम्झौता भएको सोही बैङ्कले बताएको छ । सो साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको पनि सो बैङ्कले जानकारी दिएको छ ।
साथै, समाजमा उच्चस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालयहरू ७१ एक्सटेन्सन काउन्टर तथा ३०९ ATM सहित फराकिलो पहुँच रहेको प्रभु बैङ्क लिमिटेडले उक्त सम्झौता अनुरूप किसानहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास बैङ्कले लिएको बताएको छ ।
प्रभु बैङ्क लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच कृषि कर्जामा लगानी (Agricultural Financing) सम्बन्धी सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
