आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६३.७४ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३३ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आशा लघुवित्तले ४ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आशा लघुवित्तले २ अर्ब ७३ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १० करोड ५१ लाख रुपैयाँ रहेको छ र र सञ्चित मुनाफा २० करोड ४२ लाख रुपैयाँ रहेको छ ।
आशा लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३८.४४ प्रतिशतले घटेर ६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.६५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ९३२ को आधारमा मूल्य आम्दानी अनुपात ४१.७९ गुणा रहेको छ ।
आशा लघुवित्तको नाफा १ करोड ८६, प्रतिशेयर आम्दानी कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
