एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२४.६७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ३ कराेड २४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्त ८० लाख १० हजार रुपैयाँ घाटामा गएको देखिन्छ ।
६५ कराेड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि लघुवित्तले ५ अर्ब ६४ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, एनएमबि लघुवित्तले ३ अर्ब ५ कराेड रुपैयाँ सापटी लिएको ।
एनएमबि लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २२.५० प्रतिशतले घटेर ८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ५.६८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ६६५ को आधारमा मूल्य आम्दानी अनुपात १३५.९९ गुणा रहेको छ ।
एनएमबि लघुवित्तको नाफामा १२४.६७ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
