छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले १५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो संस्थापक शेयरको न्यूनतम प्रति कित्ता मूल्य रु. ६०० रहेको छ ।
यसमा ०९ श्रावणदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ०९ श्रावणबाट सो लघुवित्तको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाण्डाैँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो लघुवित्तले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै छिमेक लघुवित्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
