सूर्योदय वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका ६ जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १७ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १७ असारबाट लघुवित्तको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपाेखरी, नक्साल, काठमाडौँ वा कर्पोरेट कार्यालय महालक्ष्मी-०४, इमाडाेल, ललितपुरमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
संस्थापक शेयर बिक्री गर्दै सूर्योदय वाेमी लघुवित्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
