सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल कार्तिक २१ गते, मङ्गलवार बसेको सञ्चालक समितिको २०९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफा समेतबाट चुक्ता पुँजीको १३.६८४२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने रकम रु. १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस शेयर र ०.६८४२ प्रतिशतले हुन आउने रकम रु. ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५७८९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
सपोर्ट लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
