ग्रीन डेभलपमेन्ट बैँङ्ककाे लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल मङ्सिर १० गते बसेको सञ्चालक समितिको २३८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ को सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ८.४६२७४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशतले हुन आउने रकम रु. ४ करोड ५८ लाख १ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र ०.४२३१४ प्रतिशतले हुन आउने रकम रु. २४ लाख १० हजार ६०५ रुपैयाँ बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x