साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले बढेर २१२९ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज कूल २७९ कम्पनीहरूका १ करोड १९ लाख ०३ हजार ६८७ कित्ता शेयर रु. ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ०८७ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ४२ करोड ०५ लाख ९९ हजार ५८५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. २७ करोड २६ लाख ९६ हजार ०९१ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन डिस्टिलरी लिमिटेडको रु. २२ करोड ३७ लाख ९९ हजार ७१९ कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १५ करोड ४९ लाख ९६ हजार ४६४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. १४ करोड ८६ लाख ३९ हजार ३२६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
