आईएमई लिमिटेडको साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको हो। आईएमईले आफ्नो रु. १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर (आइपिओ) सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।
आईएमईले २२ वर्षदेखि रेमिटेन्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिटेन्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठुला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ।
आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्दै आइपिओ जारी गर्दै आएको छ ।
आईएमई लिमिटेडको साधारण शेयर(आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
