मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मङ्सिर ०८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ हजार कित्ता तोकेको छ।
कम्पनीको जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरमा १४ लाख कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि, ३ प्रतिशत अर्थात् ४२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ११ लाख ४८ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) मङ्सिर १२ गते रहेको कम्पनीले जनाएको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा मङ्सिर २२ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि मुक्तिनाथ कृषि कम्पनीको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
