साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ८ दशमलव ११ अङ्कले घटेर २१५६ दशमलव २० को विन्दुमा कायम भएको छ। आज कूल २६० कम्पनीहरूका ७३ लाख ९९ हजार ४७४ कित्ता शेयर रु. २ अर्ब ४३ करोड २५ लाख ०८ हजार ७६९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैङ्क लिमिटेड प्रमाेटर शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १५ करोड १२ लाख ५३ हजार ९०० बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. ९ करोड ४९ लाख २४ हजार ३९३ बराबरको शेयर कारोबार भएको छ।
यता, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रु. ८ करोड ९३ हजार ०७४ कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ६ करोड ९७ लाख ७९ हजार ४३८ र एभरेष्ट बैङ्क लिमिटेडको रु. ६ करोड ८९ लाख ०६ हजार ७७० बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
