प्राईम कमर्सियल बैङ्क लिमिटेडको संस्थापक समूहको शेयर वैशाख ०४ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको १९ लाख १५ हजार कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. १३० तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने इच्छुक योग्य जो कोही व्यक्ति तथा संस्थाहरूले वैशाख १३ गते भित्रमा सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ लाख कित्ताको लागि आवेदन दिनुपर्नेछ र आवेदकले तोकिएको वा सोभन्दा बढी मूल्य अङ्कित गरी आवेदन गर्नुपर्ने कम्पनीले बताएको छ भने कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्राईम कमर्सियल बैङ्कको संस्थापक समूहको शेयर आज देखि लिलामी मार्फत विक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
