मुक्तिनाथ क्यापिटल लिमिटेडका संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २९ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले २९ जेठबाट कम्पनीको प्रधान कार्यालय नारायणचाैर, नक्साल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै मुक्तिनाथ क्यापिटल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
