घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० लाख कित्ता सम्म तोकेको छ ।
कम्पनीको जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता मध्ये सार्वजनिक निष्कासनको ५ प्रतिशत तथा जारी पुँजीको १ प्रतिशतले हुन आउने रकम बराबरको अङ्कित मूल्य रु. १०० मा प्रिमियम बापत रु. ३०० थप गरी प्रति शेयर रु. ४०० दरको ३ लाख ९७ हजार १९० कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूलाई तथा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने रकम बराबरको अङ्कित मूल्य रु. १०० मा प्रिमियम बापत रु. ३३५ थप गरी प्रति शेयर रु. ४३५ को दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई, सार्वजनिक निष्कासनको ५ प्रतिशते हुन आउने ३ लाख ७७ हजार ३३१ कित्ता शेयर सामूहिक लगानी कोष र सार्वजनिक निष्कासनको ५ प्रतिशते हुन आउने ३ लाख ७७ हजार ३३१ कित्ता शेयर कम्पनीको कर्मचारीलाई मध्ये ७७ हजार २९० कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूलाई, ६ लाख ०६ हजार ३५० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई, ३ लाख २८ हजार ९६१ कित्ता शेयर सामूहिक लगानी कोषलाई र १९ हजार ५३० कित्ता शेयर कम्पनीको कर्मचारीलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता समेत गरी अङ्कित मूल्य रु. १०० मा प्रिमियम बापत रु. ३३५ थप गरी प्रति शेयर रु. ४३५ दरको ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) जेठ असार ०४ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार १४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेका छन् ।
 
आज देखि घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    