
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ३१ अङ्कले घटेर ४७५ दशमलव २७ को विन्दुमा पुगेको छ ।
आज कूल ३१८ कम्पनीहरूका २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर रु. १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालो लागेका छन् ।
बैङ्किङ उपसमूह १५ दशमलव ३२ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २३ दशमलव १६ अङ्कले, वित्त उपसमूह ६० दशमलव ९४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६७.३२ अङ्कले, जलविद्युत उपसमूह ४१.८९ अङ्कले, लगानी उपसमूह २.०६ अङ्कले, जीवन बिमा उपसमूह १०१.५८ अङ्कले, उत्पादन उपसमूह १७३.७२ अङ्कले, लघुवित्त उपसमूह ७५.०६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ११ अङ्कले, निर्जीवन बिमा १४९.६२ अङ्कले, अन्य उपसमूह १.५९ अङ्कले र ट्रेडिङ उपसमूह ३६.५० अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा ३०.३६ अङ्कको गिरावट, नेप्से २८४६.३० को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    