साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ८० अङ्कले घटेर १९३१ दशमलव ६८ को विन्दुमा कायम भएको छ। आज कूल २६५ कम्पनीहरूका ३० लाख ५६ हजार ७७५ कित्ता शेयर रु. ९७ करोड ४५ लाख ९९ हजार ०६१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा सोल्टी होटेल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ३ करोड ८९ लाख ४ हजार ४०९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एन आइ सी एशिया बैङ्कको रु ३ करोड ६४ लाख ९८ हजार ७५० बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम सिमेन्टको ३ करोड १७ लाख २० हजार ७०७ कारोबार हुँदा हिमालयन डिस्टिलरी लिमिटेडको रु २ करोड ७९ लाख ९४ हजार ४५५ शेयर र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको २ करोड ७२ लाख ३३ हजार १६५ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
