स्टक ब्रोकर्स एसोसिएन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजय हुनुभएको छ।
स्टक ब्रोकर्सको ३० औँ वार्षिकोत्सव साधारण सभापछि आज नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको हो। निर्वाचनमा अध्यक्षका प्रत्याशी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल विजयी हुनुभएको हो। ढकालले ४५ मत पाउँदा तिमिल्सिनाले ४३ मत पाउनुभएको हो।
मतदान दिउँसो काठमाडौँको एभरेस्ट होटेलमा भएको थियो। मतदान गणनापछि ढकाल अध्यक्षमा चयन हुनुभएको हो।
दुई वटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्स बिचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि ढकाल धितो पत्र ब्रोकर्सकाे अध्यक्ष हुनुहुन्थयाे।
ढकाल हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नम्बर ६३) का अध्यक्ष हुनुहुन्छ।
यसै गरी उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मी चयन भएका छन्।
यसै गरी कार्यसमितिको सदस्यमा विशाल कुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
 
सागर ढकाल स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा निर्वाचित
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    