नबिल बैङ्कको नाफा ५२.६३ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कको खुद ब्याज आम्दानीमा व्यापक वृद्धि भएर सञ्चालन मुनाफा बढ्दा नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.८७ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ८२ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २५ अर्ब ५७ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी २५ रुपैयाँ २१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ०७ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ६२०.०० को आधारमा मूल्य आम्दानी अनुपात २४.५९ गुणा रहेको छ ।
नबिल बैङ्कको नाफामा ५२.६३ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
