सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स लिमिटेडका संस्थापक शेयरधनीले ६ लाख ९७ हजार ६८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । बिक्री हुन लागेको सो संस्थापक शेयरको मूल्य प्रति कित्ता रु. ३१३ रहेको छ ।
यसमा २९ श्रावणदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले २९ श्रावणबाट सो कम्पनीको प्रधान कार्यालय बबरमहल, हनुमानस्थानमा आइपुग्ने गरी लिखित निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो कम्पनीले जनाएको छ ।
संस्थापक शेयर बिक्री गर्दै सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
