हिमालयन बैङ्कको एफपीओमा आधा भन्दा बढी आवेदक खाली हात

संस्थापक शेयर बिक्री गर्दै हिमालयन बैङ्क | Gyanmandu | Achieving Excellence  Together
हिमालयन बैङ्क लिमिटेडले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा करिब आधा आवेदकले मात्र शेयर प्राप्त गर्ने भएका छन्। बैङ्कले प्रतिकित्ता रु. १५७ को दरमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयर बिक्रीका लागि खुला गरेको थियो। सो एफपीओमा १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका थिए।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार १० कित्ताका दरले शेयर बाँडफाँट गरिने भएकाले कुल ९ लाख २५ हजार ४६ जना मात्रै भाग्यशाली बन्न पुगेका छन्। तीमध्ये ९ जनाले ११ कित्तासम्म शेयर प्राप्त गर्नेछन् भने बाँकीले १० कित्ताका दरले शेयर पाउनेछन्।

एफपीओ निष्कासनमार्फत बैङ्कले सर्वसाधारणको स्वामित्व हिस्सा ३० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको हो। हाल बैङ्कको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ। अत्यधिक माग भएका कारण धेरै आवेदक शेयर पाउनबाट वञ्चित भएका छन्। बाँडफाँट प्रक्रिया सम्पन्न भएसँगै नतिजा सार्वजनिक गरिने बैङ्कले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x