लक्ष्मी बैङ्क र सन्राइज बैङ्क बिच गाभ्ने/गाभिने सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
लक्ष्मी बैङ्क लिमिटेडको २२ औँ साधारण सभाबाट प्राप्त अख्तियारी तथा सञ्चालक समितिको निर्णयबमोजिम लक्ष्मी बैङ्क र सन्राइज बैङ्क बिच १:१ को शेयर स्वाप अनुपातमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम समझदारी पत्रमा मिति २०८० जेठ ०८ गते बेलुका ३ बजे हस्ताक्षर सम्पन्न भएको सो बैङ्कले जानकारी दिएको छ ।
हस्ताक्षर भएको समझदारी पत्र दुवै बैङ्कको साधारण सभाबाट पारित भए पश्चात् नेपाल राष्ट्र बैङ्क तथा कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृति प्राप्त भएपछि मात्र संयुक्त कारोबार सुरु गर्ने लक्ष्मी बैङ्कले जनाएको छ ।
लक्ष्मी बैङ्क र सन्राइज बैङ्क बिच गाभ्ने/गाभिने सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
