अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०५.५४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्त ५६ लाख ७९ हजार रुपैयाँ घाटामा गएकाे थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ३ लाख १५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको अभियान लघुवित्तले २ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, अभियान लघुवित्तले १ अर्ब ६५ करोड रुपैयाँ सापटी लिएको छ ।
अभियान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.४७ प्रतिशतले घटेर १ करोड ८९ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी शून्य रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ८५ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ७१३ को आधारमा मूल्य आम्दानी अनुपात १३९८.०३ गुणा रहेको छ ।
अभियान लघुवित्तको नाफा ३ लाख १५ हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

0.00%

100.00%
