नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई वितरण गर्न यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको मिति २०७९ साल चैत्र १२ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैङ्कको निर्देशन पश्चात् आ. व.२०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १५ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले संशोधन पश्चात् आ. व. २०७८/०७९ सञ्चित सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने रकम रु. ८ करोड ८० लाख ०१ हजार २४६ रुपैयाँ ०३ पैसा बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ । प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
संशोधन पश्चात् कति दिँदै छ नेशनल माइक्राेफाइनान्स लघुवित्तले लाभांश ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
