ग्लोबल आइएमई बैङ्क लिमिटेडको ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५ प्रतिशत छुट पाइने भएको छ । बैङ्क र रिसोर्ट बिच बैङ्कका ग्राहकहरूलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैङ्कका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दूषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईँले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार बैङ्कका ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरू खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग बापत भुक्तानीको लागि बैङ्कको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्क युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा समेत ग्लोबल आइएमई बैङ्क सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैङ्क हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
