साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव ८८ अङ्कले बढेर १८८३ दशमलव २० को विन्दुमा कायम भएको छ। आज कूल २७३ कम्पनीहरूका ४८ लाख २८ हजार ७७६ कित्ता शेयर रु. १ अर्ब ६० करोड ०४ लाख ९२ हजार ७३१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६ करोड १७ लाख ६५ हजार ४८० बराबरको शेयर कारोबार भयो । त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर रु. ५ करोड २८ लाख ९९ हजार ७५३ बराबरको शेयर कारोबार भएको छ।
यता, तारागाउँ रिजेन्सी होटल लिमिटेडको रु. ४ करोड ०१ लाख ३३ हजार ५३१ कारोबार हुँदा नागरिक लगानी कोषको रु. ३ करोड ७० लाख ९२ हजार ००७ र नेपाल टेलिकमको रु. ३ करोड ६४ लाख ९० हजार ५६४ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
