साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले घटेर २१५० दशमलव ९९ को विन्दुमा कायम भएको छ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ८.१६ प्रतिशत र शुभम पावर लिमिटेडका शेयरधनीहरुले ८.११ प्रतिशतका दरले कमाएका छन् ।
यता, ईङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ६.६४ प्रतिशतले गुमाउँदा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड ६.१५ प्रतिशत, तारागाउँ रिजेन्सी होटल लिमिटेड ६.११ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावर ५.८६ प्रतिशत र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड ५.७१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
