
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले बढेर २०७७ दशमलव ७६ को विन्दुमा कायम भएको छ। आज कूल २८७ कम्पनीहरूका ८३ लाख ५२ हजार ५७६ कित्ता शेयर रु. ३ अर्ब ०४ करोड २५ लाख ४३ हजार ९६१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १८ करोड ६० लाख ७२ हजार ०६० बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १६ करोड ३६ लाख ५१ हजार १४३ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. १४ करोड ०८ लाख ४८ हजार ८२६ कारोबार हुँदा अरुण काबेली पावर लिमिटेडको रु. १२ करोड ०१ लाख ९८ हजार ९३६ र अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु. १० करोड ६२ लाख ६८ हजार ४३८ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    