मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले श्रावण २८ गते देखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाख कित्ता सम्म तोकेको छ ।
कम्पनीको जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गरी बाँडफाँड गरेको र बाँकी २५ प्रतिशत अर्थात् २० लाख कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि निष्कासन गरी बाँडफाँड गरेको र २ प्रतिशत अर्थात् ४० हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि निष्कासन गरी बाँडफाँड गरेको र ५ प्रतिशत अर्थात् १ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी सर्वसाधारणका निमित्त निष्कासन गर्न लागेको १६ लाख ६० हजार कित्ता साधारण शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गरेको शेयरको पूर्ण रूपमा बिक्री नभई बाँकी रहन गएको ६ लाख १६ हजार ६२० कित्ता समेत थप गरी जम्मा २२ लाख ७६ हजार ६२० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) श्रावण ३१ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र १० गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
श्रावण २८ गते देखि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपिओ जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
