साताको दाेस्राे कारोबार दिन नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर २६४५ दशमलव ३६ को विन्दुमा कायम भएको छ। आज कूल ३०७ कम्पनीहरूका १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर रु. ५ अर्ब ३४ करोड ४८ लाख ९१२ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ३३ करोड ७९ लाख ८८ हजार ५१८ बराबरको शेयर कारोबार भयो त्यस्तै, समृद्धि फाइनान्स लिमिटेडको रु. २४ करोड ७६ लाख ७६ हजार ९१७ बराबरको शेयर कारोबार भएको छ।
यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको रु. १९ करोड ८३ लाख १९ हजार ८६० कारोबार हुँदा जानकी फाइनान्स कम्पनी लिमिटेडको रु. १६ करोड ६४ लाख ८१ हजार ६७४ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको रु. १५ करोड ९९ लाख ७८ हजार १०९ बराबरको शेयर कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुनेमा NFS, SFCL र LICN
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
