आइएमई इन्डिया प्रालि ले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । जेठ ४ गते आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा.शङ्कर प्रसाद शर्माले सो शाखा उद्घाटन गर्नु भएको हो ।
आइएमई इन्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैङ्क सँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ । शाखा उद्घाटन गर्दै राजदूत डा.शङ्कर प्रसाद शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इन्डियालाई बधाई दिँदै नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरूलाई रेमिटेन्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताउनु भयो ।
सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताउनु भयो । यसबाट भारतमा रहेका नेपालीहरूलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गर्नुभयो ।
शाखा विस्तार समारोहमा दिल्ली स्थित नेपाली दूतावासका उच्च अधिकारीहरू र आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल सहित आइएमई इन्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारी सहित सो क्षेत्रमा रहेका नेपालीहरूको समेत उपस्थिति थियो ।
भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा आइएमई इन्डियाको नयाँ शाखा, इण्डो–नेपाल रेमिटेन्स सेवाको थप विस्तार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
