नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रको तर्फबाट महासङ्घले सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
राजधानीमा मङ्गलवारदेखि सुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकोले यसलाई अवसरको रूपमा लिँदै नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
“नेपालमा जलविद्युतलगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ । हामीसँग नव उदीयमान विश्वका ठुला अर्थतन्त्रहरू छिमेक मै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईँलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उहाँले भन्नुभयो ।
नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उहाँले बङ्गलादेशको बजारकालागि पनि सरकारी तहबाट सकारात्मक कुराकानी भइरहेको बताउनुभयो ।
उहाँले नेपाल सरकार तथा अन्य सरोकारवालाहरूलाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
जलविद्युतमा लगानी बढाउन महासङ्घ सहजीकरण गर्न तयार छ, अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
