साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले घटेर १८२१ दशमलव ६४ को विन्दुमा कायम भएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । नागरिक लगानी कोषका शेयरधनीहरुले ३.९३ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ३.८६ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका शेयरधनीहरुले ३.७८ प्रतिशत र स्वाभिमान लघुवित्तका शेयरधनीहरुले ३.०५ प्रतिशतका दरले कमाएका छन् ।
यता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ६.३७ प्रतिशतले गुमाउँदा, दोर्दी खोला जलविद्युत कम्पनी ५.९२ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड ५.७० प्रतिशत, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ५.२३ र कृषि विकास बैंक लिमिटेड ५.०२ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
