धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ५९ अंकले बढेर १८९७ दशमलव ८६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३३ अंकले बढेर ३७३ दशमलव ७१ को विन्दुमा पुगेको छ ।
आज कूल २२९ कम्पनीहरूका २७ लाख ४५ हजार १०९ कित्ता शेयर रु १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह १ दशमलव १० अङ्कले, निर्जीवन बिमा ६.९९ अङ्कले र ट्रेडिङ उपसमूह ५.४३ अङ्कले बढेकाे छ । यता, विकास बैंक उपसमूह ४४ दशमलव ९७ अङ्कले घट्दा वित्त उपसमूह २५ दशमलव २१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २१.५३ अङ्कले, जलविद्युत उपसमूह १८.०९ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ११ अङ्कले, जीवन बिमा उपसमूह ११.७७ अङ्कले, उत्पादन उपसमूह ६४.०५ अङ्कले, लघुवित्त उपसमूह २५.२८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले र अन्य उपसमूह ६.०२ अङ्कले घटेकाे छ ।
धितोपत्र बजारमा ६.५९ अङ्कको गिरावट, नेप्से १८९७.८६ को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
