सोल्टी होटल लिमिटेडले शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको मिति २०८० साल मङ्सिर ०१ गते, शुक्रवार बसेको सञ्चालक समितिको २४७ औँ बैठकले गरेको निर्णय अनुसार आ.व २०७९/०८० सम्म कायम रहेको चुक्ता पुँजीको ३१.५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०७९/०८० सम्म कायम रहेको चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार ६० रुपैयाँको २६.५७८९४७३७ प्रतिशतले हुन आउने रकम रु. २३ करोड ५१ लाख ४७ हजार ९५० रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतले हुन आउने रकम  रु. ४ करोड ४२ लाख ३५ हजार ७५३ रुपैयाँ बराबरको बोनस शेयर गरी जम्मा ३१.५७८९४७३७ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश आगामी बस्ने कम्पनीको ४९ औँ वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेाको छ । आर्थिक वर्ष २०७८/७९ मा सोल्टी होटल लिमिटेडले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र २१.३१५८ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
 
सोल्टी होटलको आकर्षित लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    