साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर २०७७ दशमलव ५८ को विन्दुमा कायम भएको छ।
सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा ४.६० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सिक्लेस हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले १.९३ प्रतिशत, ८.५ % बि.अाे.के. डिबेञ्चर २०८६ शेयरधनीहरुले १.८४ प्रतिशत, एनएमबि फिफ्टीका शेयरधनीहरुले १.७८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडका शेयरधनीहरुले १.७४ प्रतिशतका दरले कमाएका छन् ।
यता, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ६.५४ प्रतिशतले गुमाउँदा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड ५.५७ प्रतिशत, प्रोग्रेशिभ फाइनान्स लिमिटेड ५.२४ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ४.२१ प्रतिशत र ग्रीन भेन्चर्स लिमिटेड ४.१७ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
