लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १७०.३८ प्रतिशतले ऋणात्मक रहेकाे छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १३ करोड ०४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्त ९ करोड १७ लाख रुपैयाँ घाटामा गएको देखिन्छ ।
४४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ अर्ब ४१ करोड निक्षेप सङ्कलन गरी ६ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ६ अर्ब ३० करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २२ करोड २९ लाख रुपैयाँ र सञ्चित मुनाफा १३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
लक्ष्मी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २९.८० प्रतिशतले घटेर २८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरण योग्य मुनाफा १३ करोड ४७ लाख रुपैयाँ रहेको छ। उक्त वितरण योग्य मुनाफालाई वार्षिक करण गर्दा लक्ष्मी लघुवित्तले आफ्ना शेयरधनीहरूलाई ४०.६८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ९.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नोक्सानी २७ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९९ पैसा छ ।
लक्ष्मी लघुवित्तको नोक्सानी ९ करोड १७ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
